Pura Samachar

भवानी ईन्टरटेनमेन्ट तथा निकिला मिडियाको आयोजनामा ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड ‘हुने

प्रकाशित: October 10, 2021

भवानी ईन्टरटेनमेन्ट तथा निकिला मिडियाको आयोजनामा ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड ‘हुने

काठमाडौंमा ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१ हुने भएको छ । लामो समयदेखि ईभेन्ट क्षेत्रमा ख्याति कमाएको भवानी ईन्टरटेनमेन्ट तथा निकिला मिडियाले संयुक्त रुपमा आयोजना गर्न लागेको ग्यालेक्सि अवार्डलाई गिता एभियसनले मुख्य प्रायोजन गरे पश्चात गिता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको नामबाट अवार्ड समारोह हुन लागेको आयोजक संस्थाका प्रमुख तथा संचारकर्मी सोनित राज ढुंगेलले जानकारी दिए ।

विगत एक दशक भन्दा लामो समय देखि आ -आफ्नो क्षेत्रमा तल्लिन भई सक्रिय रुपमा लागेर सफलता हासिल गरेर समाज र राष्ट्रका लागी अतुलनीय योगदान दिने     अग्रज,स्रष्टा,सर्जक,कलाकार,पत्रकार,शिक्षाविद,समाजसेवी,व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उहांहरुले पुर्याउनु भएको महत्वपूर्ण सेवाभाव प्रति समर्पण र सम्मान दर्शाउने उद्देश्य अनुरुप यो वर्षदेखि अवार्ड समारोह आयोजना गर्न लागिएको हो । कार्तिक १३ गते सनिवार हुने उक्त भव्य समारोहमा नेपालभरबाट विविन्न क्षेत्रमा आवद्ध वरिष्ठ व्यक्तित्वहरुलाई आफुले पुर्याएको योगदानको कदर स्वरुप देशका प्रतिष्ठित अग्रज व्यक्तित्वरुको निर्णायक मण्डलले छनौट गरे पश्चात सिमित ख्याति प्राप्त व्यक्तिहरुलाई अवार्ड तथा सम्मान गरिने आयोजक संस्थाले जानकारी दिएको छ । आफ्नो क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वहरुको काम र मेहनतलाई थप हौसला प्रदान गर्ने उद्देश्य राखि यस पटक विशेष सम्मान गर्न लागिएको र अर्को पटक देश वाहिर जर्मनीमा गरिने आयोजक संस्थाले जनाएको छ । पव्लिक सूचनाको सहकार्यमा वरिष्ठ संचारकर्मी तथा कार्यक्रम संचालक दिनेश डिसीले संचालन गर्ने उक्त समारोह राष्ट्रिय स्तरका टेलिभिजनबाट प्रत्यक्ष प्रसारण समेत गरिने भएको छ ।

प्रतिक्रिया