Pura Samachar

देउवा आज पोखरा जाँदै

प्रकाशित: October 10, 2021

देउवा आज पोखरा जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाँदै हुनुहुन्छ । देउवा आज  बिहान १०ः३० मा पोखरा पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले पोखरा सभागृहमा आज आयोजना हुने गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अपराह्न ५ बजे कार्यकर्तासँग भेटघाट गर्नुहुने कार्यतालिका रहेको छ । प्रधानमन्त्री देउवाले सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्नु हुने उहाँको सचिवालयले जनाएको छ ।

गत असार २९ मा प्रधानमन्त्री बन्नुभएका देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक काठमाडौं बाहिरको कार्यक्रममा सहभागीता जनाउन जान लाग्नुभएको हो ।

प्रतिक्रिया