
काठमाडौं । बागमती प्रदेशमा आज प्रदेश सभाको बैठक बस्ने भएको छ। आज अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।
आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत लिएर आज प्रस्ताव संसदमा दर्ता भए पनि छिनोफानो भने दशैंपछि हुने बताइएको छ ।
संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रावधान अनुसार मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लाग्नुभएको हो ।
एक सय सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद चाहिन्छ। तर सत्तारूढ नेकपा एमालेसँग जम्मा ४३ जना सांसद छन्।
प्रतिक्रिया