Pura Samachar

आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

प्रकाशित: October 10, 2021

आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले आइतबार बलियो टोली भारतको सामाना गर्नेछ ।

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजेपछि सुरु हुनेछ । साफको सर्वाधिक सफल टोली भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो । नेपालले भने लगातार दुई खेल जितेको थियो ।

नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत २ अंक जोडेर चौंथो स्थानमा छ । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ ।  भारतलाई भने फाइनल पुग्न अबको बाँकी दुई खेल जित्नै पर्ने दबाब रहेको छ ।

यस्तै खेल अघि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शनिबार भारतविरुद्धको खेल नेपाललाई कठिन हुने बताएका छन् । प्रशिक्षक अल्मुताइरीले नेपालका लागि यस खेल कठिन हुने बताएका हुन् ।

अल्मुताइरीले भारतलाई हराउने नेपालको सम्भावना मात्र एक प्रतिशत भएको समेत बताएका छन् । उनले भारतले जित्ने सम्भावना ९५ प्रतिशत, बराबरी ४ प्रतिशत र नेपालले जित्ने मात्र १ प्रतिशत रहेको बताएका हुन् ।

प्रतिक्रिया