Pura Samachar

पोर्चुगलले कतारलाई पराजित गरेको छ

प्रकाशित: October 10, 2021

पोर्चुगलले कतारलाई पराजित गरेको छ

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले कतारलाई पराजित गरेको छ।

शनिबार राति भएको खेलमा पोर्चुगलले ३-० गोलले पराजित गरेको हो।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले ३७ मिनेटमा पहिलो गोल गरे।

४८ मिनेटमा जोस फोन्टेले पोर्चुगलको अग्रता दोब्बर पारेका थिए। खेलको ९० मिनेटमा आन्द्रे सिल्भाले तेस्रो गोल गरेपछि पोर्चुगलले सहज जित हात पार्‍यो।

कतारविरूद्ध गोल गरेसँगै रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ११२ पुर्‍याएका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता ३६ वर्षीय रोनाल्डोले गत महिना कीर्तिमान बनाएका थिए।

 

कतारविरूद्धको खेलमा मैदान उत्रिएसँगै रोनाल्डोले १८१ औं अन्तर्राष्ट्रिय खेल खेले। जससँगै रोनाल्डोले स्पेनका सर्जियो रामोसलाई पछि पार्दै युरोपका सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीको कीर्तिमान बनाए।

सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान भने मलेसियाका सोन चिन आनको नाममा छ। उनले १९५ खेल खेलका थिए।

प्रतिक्रिया