Pura Samachar

जिला उपायुक्तले दिए आदेश

प्रकाशित: October 11, 2021

जिला उपायुक्तले दिए आदेश

 

डा. हरिमोहन पोखरेल

कोहिमा /नागालैंड राज्यको कोहिमा जिला उपायुक्त ग्रेगरी थेजाभिको द्वारा जारी एउटा विज्ञप्ति अनुसार राज्यको राजमार्गमा गृह निर्माणमा लगाइने सामग्रीहरू राखेर आवत-जावतमा धेरै आपत्ति आएको कारणले चाँडै नै राजमार्गबाट सरसामानहरू आफ्नो थानको लगाउनुपर्ने आदेश जारी गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार कुनै पनि मालिकले सो सामाग्री नहटाएको पाइएला कार्यवाही गरिने कुरा पनि विज्ञप्तिले स्पष्ट पारेको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि राजमार्गको छेउमा काम बिना गाडी पार्क गर्ने र पोचिएका गाडीहरू खडा गरेर आवत-जावतमा व्यवधान पारेकोमा संबंधित मालिकले उक्त गाडीहरूलाई पुलिसले लैजाने खर्च व्योसोरनु पर्ने र जरिमाना समेत लाग्ने कुरा पनि विज्ञप्तिले जनाएको छ ।
स्मरण रहोस् कोहिमामा धेरै जसो गाडीहरू बिना काममा पार्किङ गर्ने र नियमको विरुद्धमा गाडी गुडाउन नौलो कुरो त होइन ।फेरि पनि यसपालीको जिल्ला उपायुक्तउपायुक्तको आदेशले कतिको कार्यान्वयन होला ।यो त आउने भविष्य नै बताउला ।तब सम्म त इंतजार गर्नु नै पर्यो ।

 

प्रतिक्रिया