
काठमाडौं । बडादसैँको फूलपातीमा नेपाली सेनाले राष्ट्रिय समारोहका रुपमा ‘फूलपाती बढाइँं’ गर्दै आएको छ । सेनाले सो परम्परालाई यसपालि पनि निरन्तरता दिँदैछ । हनुमानढोकामा फूलपाती भित्र्याएपछि सैनिक मञ्च, टुँडीखेलमा बढाइँ गर्ने पुरानै प्रचलन ह
नेपाली सेनाले आयोजना गर्ने फूलपाती बढाइँंमा राष्ट्रपति विद्या भण्डारी सहभागी हुने परम्परा रहँदै आएको छ । अहिलेको दसैँमा कोभिड–१९ प्रोटोकल पालना गरेर फूलपाती बढाइँं आयोजना गरिएको बताउँछन् सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्याल । कोभिड प्रोटोकलका आधारमा आमन्त्रितको संख्या सीमित पारिएको उनले बताए । ड्युटीमा भएका बाहेक सहायकरथी भन्दा माथिल्लो दर्जाका सैनिक अधिकारी मात्रै बढाईंमा सहभागी हुने उनले जानकारी दिए ।
बढाइँं कवाजमा ६ सय ३६ जनाको नफ्रीले भाग लिनेगरी नेपाली सेनाले तयारी गरेको थियो । त्यस्तै तोप मार्फत गरिने बढाईंका लागि ४४ जनाको टिम खटाइएको छ । अघिल्ला दसैँमा भने ठूलो टोलीले ड्रिल खेल्ने र मार्च पास गथ्र्यो ।
असोज २६ मा सैनिकमञ्चमा हेलिकप्टरबाट पुष्पवृष्टि आयोजना गरिएको सैन्य प्रवक्ता पौड्यालले रातोपाटीलाई बताए । उनले भने, ‘टुँडीखेलमा हेलिकप्टरबाट पूष्पवृष्टि, तोप बढाईँ र सैनिक व्याण्डबाट ब्याण्ड डिस्प्ले गर्ने कार्यक्रम राखिएको छ ।’
प्रतिक्रिया