Pura Samachar

प्रचण्डको दसैं शुभकामना

प्रकाशित: October 12, 2021

प्रचण्डको दसैं शुभकामना

काठमाडौं, २६ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बुहधार्मिक विविधताले सन्दुर मुलुक भएको उल्लेख गर्दै विभिन्न पर्वहरुका आफ्नै मौतिकता र मूल्यहरु रहेको बताएका छन् ।

आज दशैं, तिहार, नेपाल संवत्, छठ लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् ।

उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् । यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल भएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया