
काठमाडौं । हाल देशको पूर्वी भूभागमा उत्तरपश्चिमी बंगालको खाडीमा अवस्थित निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हालको मौसम
हाल प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको महाशाखाकाे भनाइ छ ।
शनिवार दिउँसो देशको प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र वाग्मती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि परामर्श
देशको पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
प्रतिक्रिया