Pura Samachar

क्रिकेटर विनोद भण्डारीले गरे पत्रकार सोनिकासँग विवाह

प्रकाशित: October 16, 2021

क्रिकेटर विनोद भण्डारीले गरे पत्रकार सोनिकासँग विवाह

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारी विवाह बन्धनमा बाँधिएका छन् ।

विनोदले शुक्रबार सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन् । उनीहरूले असोज ६ गते ‘इन्गेजमेन्ट’ गरेका थिए । विनोद र सोनिकाले चार वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

दायाँ हाते ब्याट्सम्यान विनोद त्रिभुवन आर्मी क्लबका कप्तान हुन् ।

महेन्द्रनगरका ३२ वर्षीय विनोदले २५ जनवरी २०१९ मा युनाइटेड अरब इमिरेट्सविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । विनोदले २००९ मा एसीसी ट्वान्टी–२० कपमा कुवेतविरुद्धको खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उक्त खेलमा विनोदले अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए ।

उनले १६ मार्च २०१४ मा हङकङविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । विनोदले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई अर्धशतकसहित ३१९ रन बनाइसकेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक अर्धशतकसहित २२५ रन बनाइसकेका छन्

प्रतिक्रिया