Pura Samachar

चेन्नई सुपर किङ्सले पुन: एक पटक इन्डियन प्रीमियर लीग (आईपीएल) को उपाधि

प्रकाशित: October 16, 2021
पूरा समाचार

चेन्नई सुपर किङ्सले पुन: एक पटक इन्डियन प्रीमियर लीग (आईपीएल) को उपाधि

दुबई– अनुभवी क्रिकेटर महेन्द्र सिंह धोनीको नेतृत्वमा चेन्नई सुपर किङ्सले पुन: एक पटक इन्डियन प्रीमियर लीग (आईपीएल) को उपाधि जितेको छ ।

चेन्नईले कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चौथो पटक आईपीएलको उपाधि जित्न सफल भएको हो ।

आईपीएल २०२१ को फाइनल प्रतिस्पर्धामा चेन्नई सुपर किङ्स तथा कोलकाता नाइट राइडर्सबीच रोमाञ्चक भिडन्त भएको थियो ।

खेलमा त्यस्ता धेरै क्षण आए, जब दुबै टीमहरुले प्रतिस्पर्धाको लय आफूतर्फ मोडेका थिए ।

कोलकाता नाइट राइडर्सले उत्कृष्ट सुरुवात गरेको थियो, तर चेन्नईका बलरहरुले यस्तो जादू देखाए, पुरै बाजी नै उल्टियो ।

चेन्नई सुपर किङ्सद्वारा दिइएको १ सय ९३ रनको लक्ष्यलाई पछुयाउने मैदानमा उत्रिएको कोलकाताको टीमले उत्कृष्ट थालनी गर्यो ।

कोलकाताका वेंकटेश अय्यर तथा शुभमन गिलले उत्कृष्ट ब्याटिङ गर्दै ९१ रनको साझेदारी गरे ।
यद्यपि, त्यसपछि जे भयो त्यसले खेलको मुहार नै परिवर्तन गरिदियो ।

११ औं ओभरमा चेन्नई सुपर किङ्सका वेंकटेश अय्यर आउट भएपछि विकेट पतनको श्रृंखला प्रारम्भ भयो ।

११ औं ओभरदेखि प्रारम्भ भएको विकेटको पतनको श्रृंखला लगातार चलिरह्यो ।

  • १०.४ ओभर : वेकटेश अय्यर आउट १–९१
  • १०.६ ओभर : नीतीश राणा आउट २–९३
  • ११.३ ओभर : सुनील नरेन आउट ३–९३
  • १३.२ ओभर : शुभमन गिल आउट ४–१०८
  • १४.५ ओभर : दिनेश कार्तिक आउट ५–११९
  • १४.६ ओभर : शाकिब अल हसन आउट ६–१२०
  • १५.४ ओभर : राहुन त्रिपाठी आउट ७–१२३
  • १६.२ ओभर : इयान मोर्गन आउट ८–१२५
  • १९.५ ओभर : शिवम मावी आउट ९–१६४आईपीएलको फाइनल खेलमा कोलकाता नाइट राइडर्सले टस जितेको थियो र पहिला बलिङ गर्ने निर्णय गरेको थियो ।चेन्नई सुपर किङ्सको तर्फबाट फाफ डु प्लेसिस तथा ऋतुराज गायकवाकले उत्कृष्ट ब्याटिङ गरेपछि टीमले १ सय ९२ रनको स्कोर बनायो ।

    चेन्नई सुपर किङ्सका लागि यो आईपीएलको चौथो उपाधि हो ।

    यसअघि एमएस धोनीको नेतृत्वमै चेन्नईले २०१०, २०११ तथा २०१८ मा आईपीएलको उपाधि जितिसकेको छ ।

प्रतिकृया दिनुहोस

प्रतिक्रिया