Pura Samachar

पूर्वोत्तर भारतमा विजय दशमी

प्रकाशित: October 16, 2021

पूर्वोत्तर भारतमा विजय दशमी

डा. हरिमोहन पोखरेल

कोहिमा /विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले मनाए जसरी नै पूर्वोत्तर भारतमा पनि विजयादशमी एवं दुर्गा पूजा पारंपरिक हर्षोल्लासका मनाएको समाचार प्राप्त भएको छ ।
‘आयू द्रोण सुते श्रीयं दशरथे
शत्रु छ्याङ्ग राघवे
ऐश्वर्यं नहुषे गतिशच पवने
मानंनत दुर्योधने ।’
–मंत्र र आशीर्वाद लिएर आफ्नो घरमा र घर फर्किन नसकेकोहरूले साधु संतको सान्निध्यमा गएर विजयादशमीको टीका थापे र सुख -समृद्धि र ऐश्वर्यको मंगल आशीर्वाद

 

 

 

 

 

 

थापे ।हिजो बिहानै देखि एकातिर दुर्गा माताको विसर्जनको तैयारी चली रहेको र अर्कातिर टीका लगाउनेको र ठूला बडाको आर्शीवाद पाएर जीवन सफल बनाउने पनि भक्तहरूले बताए।
असम, नागालैंड,मणिपुर लगायत छिमेकी राष्ट्र म्यामांर (वर्मा )थाइलैंड, इंडोनेशिया, भियतनाम, कंबोडिया आदिका नेपाली बहुल इलाकाहरूमा पनि विजयादशमी बडो धुमधामका साथ मनाएको समाचार प्राप्त भएको छ ।
बिहानैबाट प्रत्येक घरका सदस्यहरू मन्दिरमा गएर दुर्गा माता संग आशीर्वाद मांगे भने नराम्रो माथि सत्यको जीतको प्रतीकको रूपमा विजय तिलको रूपमा टीका लगाए ।
नेपालीहरूले आगामी पूर्णिमाको दिन सम्म आफन्तहरूको घरमा गएर टीका लगाउने र आशीर्वाद थापने चलनवर्षेौ देखि चली आएको छ र आउने भविष्यमा पनि चली नै रहने छ ।कोविद -19 को प्रोटोकॉल फोलो गर्दै मनाउने यस पर्वमा खानपान माथि पनि धेरै नै विचार गर्नुपर्छ ।फलस्वरुप असहज मानसिकता भए समस्या पनि हुन सक्छ ।
स्मरण रहोस् पूर्वोत्तर भारतमा पनि प्रत्येक वर्ष दशैं मनाउने गरिन्छ तर गतः वर्षबाट लोकडाउन भएकोले गर्दा धेरैले दशैं मनाउन पाएका थिएनन ।तर यस वर्ष परम्पराको साथमा मनाउन पाउनु एउटा अलग्गै इतिहास हो ।

प्रतिक्रिया