Pura Samachar

सात जिल्लाका सिडिओहरू हेरफेर (सूची)

प्रकाशित: October 18, 2021

सात जिल्लाका सिडिओहरू हेरफेर (सूची)

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय कैलालीसहित विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ।

गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै आइतबार सिडिओहरू हेरफेर गरेका हुन्।

सहसचिव किरण थापालाई कैलालीको सिडिओ बनाइएको छ भने कैलालीका सिडिओ सहसचिव खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालय ल्याइएको छ।

मुस्ताङको सिडिओ उपसचिव नेत्रप्रसाद शर्मालाई बनाइएको छ। डोल्पा, स्याङ्जा, सिन्धुपाल्चोक, अर्घाखाँची र पाल्पामा गृहले सिडिओ हेरफेर गरेको छ।

प्रतिक्रिया