Pura Samachar

एकीकृत समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी

प्रकाशित: October 18, 2021

एकीकृत समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी

असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ ।

एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत लिइएको छ । साथै विदेश विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता छन् । न्यौपानेलाई उद्योग विणज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ ।

 

प्रतिक्रिया