Pura Samachar

नेपालमा कोरोना भाइरसका ५ सय ९१ जना संक्रमित थपिए

प्रकाशित: October 18, 2021

नेपालमा कोरोना भाइरसका ५ सय ९१ जना संक्रमित थपिए

काठमाडौँ, १ कार्तिक : आज नेपालमा कोरोना भाइरसका ५ सय ९१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ५ हजार ५ सय ६० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९ सय ३७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८२ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ६ सय ९७ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया