Pura Samachar
  • संगतले मान्छेको जीवन परिवर्तन हुन्छ –महात्मा वैदेही बाइजी

    प्रकाशित: कार्तिक १, २०७८

    संगतले मान्छेको जीवन परिवर्तन हुन्छ –महात्मा वैदेही बाइजी

    डा. हरिमोहन पोखरेल

    कोहिमा /संगतले मान्छेको जीवन सजिलै रूपमा परिवर्तन हुन्छ ।त्यसैले मान्छेले सदैव राम्रो मान्छेको संगत गर्नुपर्ने हुन्छ भन्दै महात्मा वैदेही बाइजीले आइतबार दिन कोहिमा आश्रममा भक्तहरूलाई प्रवचन सुनाउदै भन्नुभयो ।

     

     

     

     

     

     

     

    वहाँले अझै अगाडि भन्नुभयो कि मान्छेले सकारात्मक विचार सेवा र संगतबाट प्राप्त गर्दछ ।जसको फलस्वरुप नै यो शरीरलाई मोक्षको द्वार सम्म लैजान सकिन्छ ।
    रामायण, महाभारत एवं दुर्गा माताको सशक्त उदाहरण प्रस्तुत गर्दै महात्माले भन्नुभयो कि असत्य माथि सत्यको विजय प्राप्त गर्नको लागि नै माता दुर्गाको अवतार भयो र संसारमा सत्यको विजय भयो ।यो कुरालाई याद राखेर मानवले आफ्नो जीवनमा अनुशरण गर्दै सार्थक गर्नुपर्ने हुन्छ ।
    आजको बदलियो सांसारिकतामा आध्यात्मिक भूमिकालाई उल्लेख गर्दै वहाँले भन्नुभयो कि आजको संसार त्राहि-त्राहि भएर बाँच्न परि रहेको छ ।यस अवस्थामा मात्र नाम भजन र सुमिरणले मात्र बाँच्न सकिन्छ नभने मानव जीवनमा धेरै प्रकारको कष्टले घेरिरहने छ।जसलाई जीवनमा उतारने गर्ने मान्छेको जीवन अवश्य पनि सफलता पाउने छ भन्दै प्रकाश पार्नु भयो ।
    स्मरण रहोस महात्मा बैदेही बाइजी गतः विहीवारको दिन कोहिमामा आफ्ना भक्तहरूलाई दशैको टीका लगाइदिने उद्देश्यले आउनुभएको हो ।यस अवसरमा वहाँले कोहिमाको विभिन्न क्षेत्रको भ्रमण गर्दै दर्शनीय स्थलहरूको अवलोकन गर्नु भयो ।

    प्रतिक्रिया