Pura Samachar

प्रतिनिधिसभाको बैठक कार्तिक ११ गतेका लागि सर्‍यो

प्रकाशित: October 19, 2021

प्रतिनिधिसभाको बैठक कार्तिक ११ गतेका लागि सर्‍यो

२ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई दिन पर सरेको छ ।

प्रतिनिधिसभाको बैठक यहि कार्तिक ९ गतेका लागि बोलाइएको थियो । तर, ९ गते प्रमुख विपक्षी नेकपा एमालेको पालिका अधिवेशन परेकाले प्रतिनिधिसभाको बैठक सारिएको संसद सचिवालयले जनाएको छ । ९ गते एमालेले देशभर पालिका अधिवेशन गर्दैछ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक कार्तिक ११ गते दिउँसो २ बजे बैठक बस्ने तय भएको संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले सूचना निकालेर जानकारी दिए ।

 

प्रतिक्रिया