Pura Samachar

आन्तरिक उडान प्रभावित

प्रकाशित: October 20, 2021

आन्तरिक उडान प्रभावित

निरन्तर वर्षाका कारण आन्तरिक उडान प्रभावित भएको छ। केही गन्तव्यका उडान रद्द गर्नुपरेको वायुसेवा कम्पनीहरुले बताएका छन्।

बुद्ध एयरले पनि विराटनगर र जनकपुरका केही उडान रद्द भएको जानकारी दिएको छ।

प्रतिकूल मौसमका कारण आज तुम्लिङटारका दुई उडानसमेत रद्द गर्नुपरेको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले बताए। त्यस्तै अन्य वायुसेवा कम्पनीले समेत विराटनगर, जनकपुर, लुक्ला, भद्रपुर लगायतका अधिकांश उडान रद्द गर्नुपरेको बताएका छन्।

विमानस्थल कार्यालयका अनुसार तुम्लिङटार, डोल्पा, लगायत स्थानका उडानसमेत प्रभावित भएका छन्। झरी तथा बाक्लो हुस्सुका कारण उडान प्रभावित भएको हो।

अन्तर्राष्ट्रिय उडान भने प्रभावित नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ।

प्रतिक्रिया