Pura Samachar

एनसेलले सरकारलाई तिर्‍यो २७ अर्ब रुपैयाँ

प्रकाशित: October 20, 2021

एनसेलले सरकारलाई तिर्‍यो २७ अर्ब रुपैयाँ

काठमाडौं। निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेलले आव २०७७/७८ मा सरकारलाई विभिन्न शीर्षकमा झण्डै २७ अर्ब रुपैयाँ तिरेको छ। प्रतिस्पर्धी सरकारी स्वामित्वको नेपाल टेलिकमले सोही आवमा १२ अर्ब ५८ करोड रुपैयाँ सरकारलाई बुझाएको छआव २०७७/७८ मा एनसेलले सेवा शुल्क वापत चार अर्ब ६९ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट) पाँच अर्ब ५१ करोड, रोयल्टी बापत दुई अर्ब २१ करोड, अन्य कर/महसुल बापत १२ अर्ब ९६ करोड रुपैयाँ र फ्रिक्वेन्सी रकम बापत एक अर्ब ५९ करोड रुपैयाँ सरकारलाई बुझाएको नेपाल दूरसंचार प्राधिकरणले जनाएको छ।

टेलिकमले २०७७/७८ (अपरिष्कृत) मा दूरसञ्चार सेवा शुल्कवापत तीन अर्ब ७४ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर वापत तीन अर्ब एक करोड रुपैयाँ तथा अन्य कर/महसुल बापत् चार अर्ब १० करोड तथा स्वामित्व कर बापत ५९ लाख १३ हजार, फ्रिक्वेन्सी रकम बापत् एक अर्ब ७१ करोड रुपैयाँ भुक्तानी गरेको छ।

त्यसैगरी, इन्टरनेट सेवा प्रदायकहरुको हकमा सबैभन्दा बढी कर वर्ल्डलिंकले बुझाएको छ। वर्ल्डलिंकले विभिन्न शीर्षकमा दुई अर्ब ६८ करोड रुपैयाँ सरकारलाई बुझाएको छ। वर्ल्डलिंकले सेवा शुल्क बापत ५३ करोड रुपैयाँ, भ्याट बापत एक अर्ब २१ करोड रुपैयाँ, अन्य कर/महसुल बापत ८२ करोड ४२ लाख रुपैयाँ तथा रोयल्टी बापत ११ करोड ७२ लाख रुपैयाँ सरकारलाई बुझाएको प्राधिकरणले जनाएको छ।

सुबिसुले आव २०७७/७८ मा सरकारलाई ८७ करोड ५४ लाख रुपैयाँ सरकारलाई बुझाएको छ। सेवा शुल्क बापत १२ करोड ९८ लाख रुपैयाँ, भ्याट बापत ५४ करोड १३ लाख रुपैयाँ, रोयल्टी रकम पाँच करोड ७० लाख रुपैयाँ, अन्य कर/महसुल बापत १४ करोड ७१ लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ।

भायनेटले सरकारलाई ४६ करोड रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ। भायनेटले भ्याट बापत ६ करोड ७१ लाख रुपैयाँ, रोयल्टी रकम बापत तीन करोड २० लाख रुपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत २५ करोड ४३ लाख रुपैयाँ, अन्य कर/महसुल बापत १० करोड ७० लाख रुपैयाँ भुक्तानी गरेको छ।

यस्तै, मोफसलको इन्टरनेट सेवा प्रदायक टेक्माइण्ड्सले सरकारलाई आव २०७७/७८ मा १७ करोड ४३ लाख रुपैयाँ तिरेको प्राधिकरणले जनाएको छ।

टेक्माइण्ड्सले भ्याट बापत ९ करोड ९५ लाख रुपैयाँ, रोयल्टी रकम बापत दुई करोड ५५ लाख रुपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत चार करोड ४२ लाख रुपैयाँ, अन्य कर/महसुल बापत ५० लाख रुपैयाँ भुक्तानी गरेको छ।

क्लासिक टेकले सरकारलाई आव २०७७/७८ मा १४ करोड २३ लाख रुपैयाँ बुझाएको छ। क्लासिक टेकले भ्याट बापत ६ करोड ३४ लाख रुपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत चार करोड ७९ लाख रुपैयाँ र अन्य कर/महसुल बापत तीन करोड नौ लाख रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ।

त्यसैगरी, सिजीले सरकारलाई आव २०७७/७८ मा कुल २९ लाख ३५ हजार रुपैयाँ तिरेको छ। सिजीले दूरसंचार सेवा शुल्क बापत दुई लाख ९१ हजार रुपैयाँ र अन्य कर/महसुल बापत २६ लाख ४३ हजार रुपैयाँ सरकारलाई बुझाएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया