Pura Samachar

नेकपा (माओवादी केन्द्र) ले ३२ विभागलाई दियो पूर्णता

प्रकाशित: October 21, 2021

नेकपा (माओवादी केन्द्र) ले  ३२ विभागलाई दियो पूर्णता

नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३२ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको छ । ३३ मध्ये ३२ विभागलाई पूर्णता दिएको माओवादीले जनाएको छ । विहीबार बसेको स्थायी कमिटी बैठकले १७५ सदस्यीय सम्पर्क समिति र ३३ विभाग तथा एक प्रतिष्ठान गठन गरेको हो ।

सम्पर्क समितिको संयोजकमा डिलाराम आचार्य रहेका छन् । सवै विभाग र प्रतिष्ठान ३५ सदस्यीय रहेका छन् । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले विपत व्यवस्थापन विभाग गठन गर्न बाँकी नै रहेको जनाएका छन् ।

उनका अनुसार उक्त विभाग सूर्य सुवेदीको नेतृत्वमा गठन गरिनेछ । बाँकी विभागका विभागीय प्रमुखमा अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले पाएका छन् भने संगठन विभागको प्रमुख जनार्दन शर्मा भएका छन् । त्यस्तै विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, प्रचार तथा प्रकाश विभाग कृष्णबहादुर महरा, विपद व्यवस्थापन विभागमा सूर्य सुवेदी, उद्योग मामिला विभागमा वामदेव क्षेत्री, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उपभोक्ता हित संरक्षण विभागको नेतृत्व मात्रिका यादवले पाएका छन् ।

प्रतिक्रिया