Pura Samachar

१८ लाख नगद र सुनसहित २ जना पक्राउ

प्रकाशित: October 22, 2021

१८ लाख नगद र सुनसहित २ जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट प्रहरीले स्रोत नखुलेको १८ लाख नगद र सुन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ सगरमाथा लाइन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ बस्ने ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुको साथबाट बिल नभएको २ सय ५८ ग्राम भन्दा बढी सुनका बाला बरामद गरेको छ । आरोपीहरुबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया