
काठमाडौं– पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको दुखद निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म ११ हजार ३३७ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् ।
यो अवधिमा नेपालमा ५७४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ।
सात हजार २५३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार १२३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १३४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।२ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९३२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल १० हजार ९४६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया