
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट राजीनामा दिने घोषणा गर्नुभएकाे छ।
१० बुँदे सहमति कार्यान्वयन नभएकोप्रति असन्तुष्टी जनाउँदै रावलले राजीनामा दिने घाेषणा गर्नुभएकाे हाे ।
यसबारे आफूले बैठकमा लिखित रूपमा फरक मत राखेकाे बताउनुभएकाे छ । रावलले पार्टीमा आगामी भूमिका र योजनाबारे छलफल गरिने बताउनुभएकाे छ।
आज ललितपुरकाे च्यासलस्थित तुलसिलाल स्मृति क्लबमा बसेको स्थायी कमिटीको बैठकमा प्रभुसाह कोटाबाट दुई केन्द्रीय सदस्य थपिएकोमा असन्तुष्टि राख्दै अन्य ठाउँमा अपानी १२ कार्यान्वयनमा अध्यक्ष ओलीले उपेक्षा गरेको तर आफ्नो पक्ष बलियो पार्न सदस्य थप गरिएकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हाे ।
स्थायी कमिटी बैठकपछि बोल्दै उहाँले आजको बैठकमा आफूले ५ पृष्ठ लामो नोट अफ डिसेन्ट राखेको र मौखिक राजीनामा पेस गरेको जानकारी गराउनुभयो।
राजीनामा र फरक मतको बारेमा प्रेस विज्ञप्ति पछि जारी गर्ने उहाँले बताउनुभएको छ।
प्रतिक्रिया