
विराटनगर । बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले जनही १ लाखका दरले राहत उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश सरकारको तर्फबाट जनही १ लाख दिने निर्णय गरेको हो ।
बाढी पहिरोमा फसेकालाई उद्धार तथा सहयोग गर्न र प्रदेश भरि भएको क्षतिको विवरण सङ्कलन गर्न मातहतका निकायलाई निर्देशन दिनु भएकाे थियाे । उहाँले स्थानीय तहहरूसँगको समन्वयमा सरकारका सबै संयन्त्र परिचालित हुने गरि सबै बाधा अवरोध हटाउन समेत निर्देशन गर्नु भएकाे थियाे ।
बैठकले पुर्ण रूपमा बाढी पहिरोले घरमा क्षति पुयाएको परिवारलाई घर बनाउन भूकम्पमा क्षति भए सरह रु. ३ लाख राहत दिने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया