Pura Samachar

नयाँ बानेश्वरमा निर्मित आकाशे पुल सञ्चालनमा

प्रकाशित: October 24, 2021

नयाँ बानेश्वरमा निर्मित आकाशे पुल सञ्चालनमा

काठमाडाैं । सडक वारपार गर्ने यात्रुको चाप बढी भएको चोकमा पर्ने नयाँ बानेश्वरमा आकाशे पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । दशैंअघि नै सञ्चालनमा ल्याइने भनिएपनि केही दिन ढिला गरी सञ्चालनमा ल्याइएकाे हाे ।

डिभिजन सडक कार्यालय काठमाडौंका अनुसार उपत्यकामा अहिले भइरहेका आकाशे पुलभन्दा आकर्षक बत्तीका कारण यो पुल सुन्दर देखिनेछ। संरचनालाई लैङ्गिक समता र सामाजिक न्याय (जिइएसआई) मानिएको डिभिजन कार्यालयले जनाएकाे छ ।

बत्तीको उज्यालोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई रातको समयमा समेत हिँड्न सजिलो हुने डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयाे । अँध्यारो हुँदा महिला हिंसाको जोखिम भए पनि पुलमा उज्यालो हुँदा त्यो कम हुने उहाँकाे भनाइ छ ।

यो पुलको लम्बाइ ३८ मिटर रहेको छ। विसं २०७६ वैशाखमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। कोभिडका कारण गत वर्षहरुमा काम हुन नसक्दा तोकिएको अवधिभन्दा ढिला निर्माण सम्पन्न भएको हो।

शुरुमा डिजाइनमा नै ढिला भएको र काम शुरु भएपछि कोभिडले गर्दा सरासर काम गर्न नसकिएको नेपालीले बताउनुभयाे ।

प्रतिक्रिया