Pura Samachar

विश्व क्रिकेटका शक्तिशाली प्रतिद्वन्द्वी भारत र पाकिस्तान करिब दुई वर्षपछि भिड्दै

प्रकाशित: October 24, 2021

विश्व क्रिकेटका शक्तिशाली प्रतिद्वन्द्वी भारत र पाकिस्तान करिब दुई वर्षपछि भिड्दै

काठमाडौं। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा (आइतबार) विश्व क्रिकेटका शक्तिशाली प्रतिद्वन्द्वी भारत र पाकिस्तान करिब दुई वर्षपछि भिड्दै छन् ।ओमान र दुवईमा जारी प्रतियोगितामा सुपर १२ अन्तर्गत समूह २ मा रहेका भारत र पाकिस्तान भिड्न लागेका हुन् ।

दुई देशबीचको तनावको प्रभावले आइसीसीका खेलहरु मात्र खेल्ने दुई टोली बीच करिब २ वर्षपछि खेल हुन लागेको हो । यसअघि सन् २०१९मा खेलेका दुई टोलीले आइतबार प्रतिस्पर्धा गर्न लागेका हुन् ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारत र पाकिस्तान एकै समूहमा रहेका छन् ।

आइतबार दुवई अन्तराष्ट्रिय स्टेडियममा हुने यस खेललाई विश्व क्रिकेटले नै निकै चाँसोको रुपमा हेरिएको छ । खेल राति नेपाली समय अनुसार ८ बजे सुरु हुनेछ । टी–ट्वान्टी विश्वकप अन्तर्गत अहिलेसम्म ५ खेलमा सबैमा पाकिस्तान भारतसँग पराजित भएको छ ।

भोली हुने खेलमा पाकिस्तान आफ्नो पराजित यात्रालाई तोड्दै जित निकाल्न चाहान्छ भने भारत आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ। पछिल्लो समय पाकिस्तानले टी–ट्वान्टी क्रिकेटमा गरेको प्रदर्शन हेर्दा पाकिस्तान त्यति कमजोर देखिदैन् । तर, भारत पनि बलियो टोलीका साथ मैदान उत्रीएर प्रतियोगितामा सुखद सूरुवात गर्न चाहान्छ ।

प्रतिक्रिया