Pura Samachar

पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको छ

प्रकाशित: October 24, 2021
पूरा समाचार

पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको छ

– आइसिसी टि-२० विश्वकप-२०२१ सुपर १२ समूह ए को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको छ ।

भरखरै सम्पन्न भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय १९ रनको सामान्य विजयी लक्ष्य दिएको थियो ।

विजयी लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाका मार्कस स्टोइनिस २४ रन तथा म्याथ्यु वेड १५ रनमा अविजित रहे ।

अष्ट्रेलियाका डेविड वार्नरले १४, मिचेल स्टार्कले ११, स्टिभ स्मिथले ३५ तथा ग्लेन म्याक्सवेलले १८ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका कगिसो रबाडाले एक, एन्रिच नोर्टजेले दुई, केशवल महाराजले एक तथा तब्रिज शाम्सीले एक विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १८ रन बनायो ।

दक्षिण अफ्रिका युवा ब्याटर एडेन माक्ररमले ३६ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

कागिसो रबाडा २३ बलमा १ चौका र १ छक्का सहित १९ रनमा अविजित रहे ।

दोस्रो ओभरको तेस्रो बलमा स्पिन अलराउन्डर ग्लेन म्याक्सवेलले कप्तान टेम्बा बभुमालाई १२ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए ।

तीव्र गतिका बलर जोश हेजलवुडले आफ्नो स्पेलकै पहिलो बलमा प्रमुख ब्याटर रास्सी भान डर डुसेनलाई २ रनमा म्याथ्यु वेडबाट क्याच गराएपछि दक्षिण अफ्रिका सुरुवातमै दबाबमा परेको थियो ।

हेजलवुडले पाँचौं ओभरको पहिलो बलमा ओपनर क्विन्टन डी ककलाई ७ रनमा बोल्ड आउट गर्दा दक्षिण अफ्रिका २३–३ को कमजोर अवस्थामा पुगेको थियो ।

तीव्र गतिका बलर प्याट कमिन्सले आठौं ओभरको अन्तिम बलमा हेनरिक क्लासेनलाई १३ रनमा स्टिभ स्मिथबाट १३ रनमा क्याच गराए । उनले १३ बलमा २ चौका प्रहार गरे ।

१४ औं ओभरमा स्पिनर एडम जम्पाले दुई विकेट लिएपछि दक्षिण अफ्रिका संकटमा परेको थियो ।

तेस्रो बलमा आक्रमक ब्याटर तथा फिनिसर डेविड मिलरलाई १६ रनमा एलबीडब्लू आउट गरे ।

ड्वेन प्रिट्रिययस १, केशव महाराज शून्य र एनरिच नोर्किया रन २ रनमा आउट भए ।

अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर २ विकेट लिए ।

स्पिनर एडम जाम्पाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

मिचेल स्टार्कले २, प्याट कमिन्स र ग्लेन म्याक्सवेलले १–१ विकेट लिए ।

प्रतिक्रिया