Pura Samachar

म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदै,बार्सिलोनाले आफ्नो मैदानमा रियल म्याड्रिडसँग भिड्दै

प्रकाशित: October 24, 2021

म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदै,बार्सिलोनाले आफ्नो मैदानमा रियल म्याड्रिडसँग भिड्दै

आइतबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे युनाइटेडको मैदानमा हुनेछ। प्रिमियर लिगको अंक तालिकामा लिभरपुल १८ अंकसहित तेस्रो स्थानमा  र युनाइटेड १४ अंक जोडेर छैटौं स्थानमा छन्।

आइतबार राति नै सिजनको पहिलो एलक्लासिको भिडन्त हुनेछ। ला लिगाअन्तर्गतको खेलमा बार्सिलोनाले आफ्नो मैदानमा रियल म्याड्रिडसँग भिड्दैछ।

 

लिओनल मेसीले क्लब छाडेपछि बार्सिलोना पहिलो पटक एलक्लासिकोमा भिड्न लागेको हो। खेल नेपाली समयअनुसार राति ८ बजे सुरु हुनेछ। ला लिगाको अंक तालिकामा रियल १७ अंकसहित दोस्रो स्थानमा छ भने १५ अंक बटुलेको बार्सिलोना सातौं स्थानमा छ।

यता ‘इटालियन सिरि ए’ मा साविक विजेता इन्टर मिलान र ३६ पटकको च्याम्पियन युभेन्ट्सबीच खेल हुनेछ। इन्टरको मैदानमा हुने खेल राति १२:३० मा सुरु हुनेछ। जारी सिजनको लिगमा इन्टर १७ अंकसहित तेस्रो र युभेन्ट्स १४ अंकसहित सातौं स्थानमा छन्।

फ्रेञ्च लिग वानमा आइतबार राति पिएसजी र मार्सेबीच खेल हुँदैछ। खेल राति १२:३० मार्सेको मैदानमा हुनेछ। जारी लिगमा पिएसजी  २७ अंक जोड्दै शीर्ष स्थानमा छ। मार्से १७ अंकसहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया