Pura Samachar

एक लाख फाइजरको खोप , भोलि काठमाडौं आइपुग्ने

प्रकाशित: October 24, 2021

एक लाख फाइजरको खोप , भोलि काठमाडौं आइपुग्ने

अमेरिकी सरकारले नेपाललाई फाइजरको थप एक लाख डोज खोप दिने भएको छ। अमेरिकाले नेपाललाई थप खोप सहयोग गर्न लागेको काठमाडौंस्थित दूतावासले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ।

दूतावासका अनुसार १ लाख ६ सय २० डोज खोप अनुदान स्वरूप दिन लागेको हो।  सो खोप सोमबार काठमाडौं आइपुग्नेछ।

यसअघि अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसन खोप दिएको थियो। योसँगै अमेरिकाले नेपाललाई १५ लाख ३० हजार खोप सहयोग गरेको छ।

प्रतिक्रिया