Pura Samachar

छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन कृष्णकुमार श्रेष्ठआज दुबई प्रस्थान

प्रकाशित: October 24, 2021

छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन कृष्णकुमार श्रेष्ठआज दुबई प्रस्थान

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबारदेखि हुने छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन आज दुबई प्रस्थान गरेको छ ।

श्रमिक आपूर्ति गर्ने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्न स्थापित ‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका विषयमा छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आबुधाबी डायलगमा १६ देशका श्रममन्त्री र चार मुलुकका पर्यवेक्षकका साथै अन्तर–सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधिले पनि सहभागी हुनेछन् ।

यही कात्तिक १२ गतेसम्म हुने डाइलगमा भाग लिने मन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल छन् ।

प्रतिक्रिया