Pura Samachar

टी–ट्वान्टी विश्वकपमा चिरपरिचित प्रतिद्वन्दी भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

प्रकाशित: October 25, 2021

टी–ट्वान्टी विश्वकपमा चिरपरिचित प्रतिद्वन्दी भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

काठमाडौं । पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी शुरुआत गरेको छ ।

विश्वकप क्रिकेट अन्तर्गत भएको आइतबार राति खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको हो।

यससँगै पाकिस्तानले विश्वकपमा चिरपरिचित प्रतिद्वन्दी भारतमाथि पहिलो पटक ऐतिहासिक जित निकालेको छ ।

यस अघि पाकिस्तानले विश्वकपमा भारतलाई हराउन सकेको थिएन ।

पाकिस्तानले भारतलाई क्रिकेटको विश्वकपमा हराएको यो पहिलोपटक हो।

यसअघिका पाँचवटै विश्वकपमा पाकिस्तानले भारतसँग हार व्यहोरेको थियो।

आइतबार भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्ताले १७.५ ओभरमा विकेट नपुर्‍याई पूरा गरेको थियो।

पाकिस्तानका मोहम्मद रिजुवानले ७९ र कप्तान बाबर आजमले ६८ रन बनाए।

यसअघि टी ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत आइतबार बेलुकी भइरहेको खेलमा भारतले पाकिस्तानलाई १५२ रनको लक्ष्य दिएको थियो।

युएईको दुबई क्रिकेट मैदानमा  टस जितेर बलिङ जितेको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गरेको थियो। भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५१ रनमात्र जोड्न सक्यो। भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन जोडे। यसैगरी विकेट किपर ऋषभ पन्तले ३९ रन बनाए। पन्त र कोहलीबीच चौथो विकेटका लागि ५३ रनको साझेदारी भएको थियो।

प्रतिक्रिया