Pura Samachar

सलाहले ह्याट्रिक गर्दा लिभरपुरसँग म्यानचेष्टर युनाइटेडको लज्जास्पद हार

प्रकाशित: October 25, 2021

सलाहले ह्याट्रिक गर्दा लिभरपुरसँग म्यानचेष्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं । मोहम्मद सलाहको ह्याट्रिक मद्दतमा लिभरपुरले इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडमाथि सानदार जित निकालेको छ ।

आइतबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड लिभरपुरसँग  ५(० गोल अन्तरको लज्जास्पद हार ब्यहोर्न बाध्य भएको हो ।

लिभरपुरको जितमा मोहम्मद सलाहले ह्याट्रिक गोल गर्दा, नबी केइट र डिअगो जोटाले एकरएक गोल गरे । पहिलो हाफमै ४ गोल गरेको लिभरपुरले दोस्रो हाफमा थप १ गोल गरेको थियो ।

यस नतिजासँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।

टोलीले ९ खेलमा  २१ अंक जोडेको छ । युनाइटेड भने सातौं स्थानमा छ । शीर्षस्थानको चेल्सीको २२ अंक छ ।

प्रतिक्रिया