
काठमाडौं । अमेरिकाबाट पठाइएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । अमेरिकाले नेपाललाई अनुदानमा पठाएको फाइजरको खोप सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ । तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम शुरु हुने जनाइएको छ ।
यसअघि अमेरिकाले गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।
प्रतिक्रिया