Pura Samachar

सर्वोच्चका न्यायाधीशहरु छलफलमा व्यस्त रहेपछि इजलास प्रभावित

प्रकाशित: October 25, 2021

सर्वोच्चका न्यायाधीशहरु छलफलमा व्यस्त रहेपछि इजलास प्रभावित

काठमाडौं । सर्वोच्च अदालतमा सोमबारको इजलास प्रभावित भएको छ ।

न्यायाधीशहरु बैठकमा बसेपछि इजलास सुरु हुन सकेको छैन। सोमबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ६ संयुक्त इजलास र १ एकल गरी ७ वटा इजलासमा पेशी तोके पनि इजलास शुरु हुन सकेको छैन।

अहिले १४ जना न्यायाधीश इजलासमा नबसी इजलास शुरु हुने समयमा बैठकमा बसिरहेका छन। न्यायाधीशहरु नै बैठकमा बसेपछि इजलास शुरू हुन नसकेको सर्वोच्च स्रोतले जानकारी दिएको छ। प्रधानन्यायाधीश जबराले आज साढे १ बजेका लागि फुलकोर्ट बैठक आह्वान गरेका छन। न्यायाधीशहरुले आइतबार नै फुलकोर्ट बहिष्कारको घोषणा गरिसकेका छन्।

न्यायाधीशहरुको घोषणापछि प्रधानन्यायाधीश जबराले बोलाउनुभएको फुलकोर्ट बैठक अनिश्चित बनेको छ।

प्रतिक्रिया