Pura Samachar

देउवाले मन्त्रिपरिषद्को बैठक बोलाए

प्रकाशित: October 25, 2021

देउवाले मन्त्रिपरिषद्को बैठक बोलाए

ठमाडौं, कार्तिक ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह चार बजे बस्‍दैछ।

मन्त्रिपरिषद्‌ बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग छलफल गर्दै छन्।  प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग बालुवाटारमा छलफल गर्न लागेका हुन्।

पछिल्लो समय बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति भएपछि त्यसबारेमा प्रधानमन्त्रीले मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन्। छलफलपछि दिउँसो ४ बजे बस्ने मन्त्रीपरिषद्‌ बैठकमा प्रस्ताव लैजाने तयारी रहेको छ ।

प्रतिक्रिया