Pura Samachar

पशुपति क्षेत्र विकास कोषका कर्मचारी आन्दोलनमा

प्रकाशित: October 25, 2021

पशुपति क्षेत्र विकास कोषका कर्मचारी आन्दोलनमा

पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।

६६ कर्मचारीहरुलाई जानकारीबिनै निष्कासन गरिएको भन्दै उनीहरू आन्दोलनमा छन्।

साउन १ गतेदेखि आफूहरुलाई कामबाट निकालिएको भन्दै उनीहरुले पशुपति विकास कोष अगाडि धर्ना दिइरहेका छन्।

कोष व्यवस्थापकबाट कुनै पनि सूचना नदिई नियमित काममा हाजिर गर्न बञ्चित गरिएको भन्दै नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र पेश गरेको छ।

‘आफ्नो र आश्रित परिवारको जिविकोपार्जनका लागि धार्मिक संस्थामा श्रम गरेका श्रमिकहरुले आज सडकको पेटीमा आँशु बगाउनुपर्ने अवस्था कोषले सिर्जना गर्यो। तीन महिनादेखि हाजिर गर्ने आश्वासन दियो तर गराएन,’ ज्ञापन पत्रमा भनिएको छ।

 

श्रमिकहरुले तुरुन्त हाजिर गराएर बञ्चित गरिएको मितिदेखिको खाइपाइ आएको तलब, भत्ता तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका छन्।

आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन्।

प्रतिक्रिया