Pura Samachar

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने

प्रकाशित: October 26, 2021

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली  रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मौसमको अवस्था 

हाल  देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली  रहेको महाशाखाको भनाइ छ ।

मंगलवार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली  रहने छ। देशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली  रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया