
काठमाडौं । बेमौसमी वर्षासँगै आएको बाढी र डुबानबाट धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गर्ने निर्णय गरेकाे छ ।
सोमबार बसेको मनित्रपरिषद्को बैठकले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेकाे हाे ।
कार्यदलकाे सदस्यहरूमा कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरु सदस्य रहनुहुने बताइएकाे छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार कार्यदलले तीन दिनभित्र सरकारलाई प्रतिवेदन पेश गर्नुपर्ने छ ।
प्रतिक्रिया