Pura Samachar

एसियन कप छनोटमा नेपाल इरानसँग ४–० ले पराजित

प्रकाशित: October 26, 2021

एसियन कप छनोटमा नेपाल इरानसँग ४–० ले पराजित

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ ।

ताजकिस्तानको दुसन्बेमा भएको खेलमा नेपाल बलियो इरानसँग ४–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा इरानलाई रोकेको नेपालaले दोस्रो हाफमा भने कमजोर प्रदर्शन गर्‍यो । फिफा वरीयतामा एसियाको शीर्षस्थानमा रहेको इरानले दोस्रो हाफमा ४७, ७७, ७९ र थपिएको तीन मिनेटमा लगातार गोल गर्‍यो ।

इरानको जीतमा हुसेनले २ गोल गरे । यस्तै, मेहदी र यासिनले १–१ गोल गरेका थिए । हुसेनले खेलको ७७ र ७९ मिनेटमा गोल गरे भने मेहदीले खेलको ४७ मिनेटमा गोल गर्दा यासिनको नाममा अन्तिम गोल रह्यो ।

बलियो इरानविरुद्ध नेपालले सुरुवाती क्षणबाट नै रक्षात्मक खेल खेलेको थियो ।

यसअघि पामिर स्टेडियममा पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पहिलो खेल बराबरीमा सकिएको थियो । नेपालका डिफेण्डर अभिषेक लिम्बूले इरानका खेलाडीलाई बक्सभित्र लडाएपछि रेफ्रीले इरानलाई पेनाल्टी मौका दिएका थिए ।

प्रशिक्षक बालगोपाल महर्जनले इरानसँगको खेलमा नेपाली टोलीको कप्तानी तथा नेपाली पोष्ट अर्पण कार्कीलाई सम्हाल्ने जिम्मा दिएका थिए ।

अब, नेपालले आफ्नो दोस्रो खेलमा ११ गते ताजकिस्तानसँग खेल्नेछ । फिफा वरीयतामा ताजकिस्तान ११८औँ स्थानमा रहेको छ । यस्तै, तेस्रो तथा अन्तिम खेलमा नेपालले लेवनानसँग १४ कात्तिकमा खेल्नेछ ।

प्रतिक्रिया