
डा. हरिमोहन पोखरेल
कोहिमा /गुरू दरबारको सेवा तपाइको आफ्नो सेवा जो अनंतको यात्रामा आफूलाई काम लाग्छ ।तसर्थ गुरू दरबारमा सेवा खुल्ला मनले दिनुपर्छ भन्दै भक्तहरूलाई सत्संग सुनाउने क्रममा पुजनीया दीपिका बाइजीले कोहिमा आश्रममा बताउनुभयो ।
वहाँले अझै भन्नुभयो कि हामीले तन मन र धन सेवा पनि गर्छौ र त्यसको फल हामी जीवित अवस्थामा पनि देख्ने गर्छौ भने पछि गएर त्यसको फल पनि अवश्य पाउने छौ ।त्यसैले अन्य स्थानमा भन्दा कलिकालमा गुरू दरबारको सेवा पाउनु र सेवा लगाउनु उतम कार्य हो भन्दै गुरू दरबारमा सेवा गर्ने प्रेरणा पनि भक्तहरूलाई दिनुभयो ।
आजको समसामयिक स्थितिमा मानवको भूमिकाभूमिकाको कुरा गर्दै उहाँले भन्नुभयो कि आजको यस त्राहिमामा स्थितिबाट माथि निस्किनको लागि गुरू ज्ञानबाट नै संभव छ ।त्यसैले सबै भक्तहरूले नामको ध्यान सुमिरन गरिरहने कुरा पनि उल्लेख गर्नु भयो ।
स्मरण रहोस् दीपिका बाइजी हिजो हंस ज्ञान मंदिर कोहिमामा आउनुभएको थियो र वहाँको बुधबार मणिपुरको लागि यहाँबाट प्रस्थान हुनुहुनेछ ।
प्रतिक्रिया