Pura Samachar

देशभर दैनिक तापक्रम घट्दै

प्रकाशित: October 26, 2021

देशभर दैनिक तापक्रम घट्दै

काठमाडौं । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले देशभर बिहान र बेलुका चिसो हुन थालेको छ ।

अब चिसो झन् झन् बढ्दै जाने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौसहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ । तर,  बादल लागेको दिन भने तापक्रम स्थिर हुने र बढ्ने समेत हुन्छ ।

हिजो भन्दा आज काठमाण्डौ न्यूनतम तापक्रम झण्डै १ डिग्री सेल्सियस बढी छ । तर जलवाष्पयुक्त हावाका कारण हिजो भन्दा आज धेरै चिसो महसुस गरिएको छ । हिजो बिहान ५ बजेको  काठमाण्डौको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस थियो ।

आज भने १४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ

प्रतिक्रिया