Pura Samachar

एक धामीले गरे आफ्नै पत्नी र छोरीको टोकेर हत्या

प्रकाशित: October 26, 2021

एक धामीले गरे आफ्नै पत्नी र छोरीको टोकेर हत्या

इलाम । इलामको देउमाई नगरपालिकामा एक व्यक्तिले  आफ्नै पत्नी र छोरीको हत्या गरेका छन् ।

देउमाई नगरपालिका–५ बारुङका ३३ वर्षे कमल भनिने पूर्णचन्द्र तामाङले गएराति पत्नी ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।

आफू धामी भएको भन्दै चिन्ता बस्नेक्रममा पत्नी र छोरीको टोकेर हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया