Pura Samachar

मंसिरमा गर्ने भनिएको काँग्रेस महाधिवेशन सर्ने निश्चित

प्रकाशित: October 26, 2021

मंसिरमा गर्ने भनिएको काँग्रेस महाधिवेशन सर्ने निश्चित

काठमाडौं । नेपाली कांग्रेसको मंसिरमा गर्ने भनिएको महाधिवेशन नहुने भएको छ ।

काँग्रेसको पदाधिकारी र निर्वाचन समितिबीच मंगलवार भएको छलफलले मंसिरमा गर्ने भनिएको महाधिवेशन तत्कालका लागि सम्भव नभएको निष्कर्ष निकालेको हो ।

छलफलमा सहभागी कांग्रेस उपसभापति विमलेन्द्र निधिले १३ जिल्लाको वडा अधिवेशन अझै बाँकी रहेको बताउनुभयो । अब छठ अघि वडा अधिवेशन सम्भव नरहेकोले मंसिरमा गर्ने भनिएको महाधिवेशनको मिति सर्ने सम्भावना बढी देखिएको उहाँले बताउनुभयो ।

कांग्रेस नेता रामचन्द्र पौडेलले पनि निर्वाचनको मिति र कार्यतालिका सार्नुपर्ने भए केन्द्रीय समितिको बैठक बोलाएर सार्न सुझाव दिइएको बताउनुभयो । कार्यतालिका हेरफेर गर्नुपरेमा कार्यसमिति नै बोलाउनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया