
डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंड राज्यको गृह विभाग द्वारा जारी विज्ञप्ति अनुसार आगामी तीस अक्टोबरबाट अनलोक आठ शुरू हुने र कक्षा एकबाट चार सम्मको विद्यार्थीहरूको पनि कक्षाहरू चालू गरिने कुरा पनि विज्ञप्तिले स्पष्ट पारेको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि कक्षा एकबाट चार सम्मको विद्यार्थीहरू एउटा कक्षामा पचास -पचास प्रतिशतको दरले राखेर कक्षाहरू संचालन गर्न सकिने र कडा रूपमा कोविद –19 को प्रोटोकॉल फोलो गर्नु पर्ने छ ।
साथ -साथै होटल, रेष्टुरेण्ट र सामाजिक एवं धार्मिक क्षेत्रमा पनि सय प्रतिशत उपस्थित हुन सकिने तर कोविदको प्रोटोकल भने कडा रूपमा फोलो गर्नुपर्ने कुरा पनि विज्ञप्तिले अझै स्पष्ट पारेको छ ।
विज्ञप्तिले अझै अगाडि जनाएको छ कि रातीको पब्लिक कर्फ्यु भने पूर्ण रूपले हटाइएको छ भने कुनै पनि पर्यटक क्षेत्रमा भ्रमणको लागि आउन चाहेमा कोविदको दोस्रो र अंतिम खोप लगाएको प्रमाण पत्र भने अनिवार्य रूपमा जम्मा गर्नुपर्ने छ ।
यदि कुनै पनि पर्यटकले जम्मा नगरेको खण्डमा कडा रूपले कानुनी कार्यवाही गरिने कुरा पनि विज्ञप्तिले स्पष्ट पारेको छ ।
स्मरण रहोस सरकारको उपरोक्त आदेश भने आगामी नवंबर पन्द्रह तारीख सम्मको लागि दिएको हो भने दिवाली र तिहारलाई लिएर भने सरकारले कुनै पनि आदेश यो समाचार लेखुंजेल सम्म दिएको छैन ।
प्रतिक्रिया