
नेपाल-भारत द्विपक्षीय परामर्श समूह (एनआइबिसिजिएसआई) को १४ औं बैठक यही कात्तिक ११ र १२ गते भारतको बेंगलुरुमा हुँदैछ।
उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनासहितको टोली भोलि त्यसतर्फ जाने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा नियमित रूपमा छलफल गर्ने उद्धेश्यले सन् २००३ मा उक्त समूह गठन भएको हो। समूह गठनपछि सन् २००३ देखि सन् २०१८ सम्म १३ वटा बैठक भएका थिए।
प्रतिक्रिया