
काठमाडौं । प्रधानन्यायाधीश चाेलेन्द्र समशेर राणाकाे राजीनामा माग गर्दै अधिकाैश न्यायाधीशहरूले मुद्दा बहिष्कार गरेपनि प्रधानन्यायाधीश राणा भने इजलासमा बस्नुभएकाे छ ।
राणाले आफ्नो एकल इजलास राख्नुभएकाे उहाँकाे पाँचवटा मुद्दामा आदेश दिनुभएकाे छ । आफ्नो एकल इजलासमा राख्नुभएकाे इजलासकाे सुनुवाइ गर्दै राणाले पाँचवटा मुद्दामा आदेश दिनुभएकाे हाे ।
उहाँले अदालतको अवहेलना, बन्दी प्रत्यक्षकीकरण र कालाबजार तथा कन्य केही कसुरसम्बन्धी मुद्दा हेर्दै आदेश दिनुभएकाे सर्वाेच्च स्राेतले जनाएकाे छ ।
न्यायाधीशहरू निरन्तर छलफलमा रहेर इजलास बहिष्कार गरी मुद्दा नहेरेपछि राणाले आफ्नै इजलास राखेर मुद्दाकाे हेर्न शुरू गर्नुभएकाे छ ।
प्रतिक्रिया