Pura Samachar

मिलन पाण्डे समूह एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा

प्रकाशित: October 28, 2021

मिलन पाण्डे समूह एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा

काठमाडौं । विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूह नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने तयारी गरेको छ ।

बुधबार अध्यक्ष नेपाल र विवेकशील साझाका संयोजक पाण्डेको समूहबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वरमा भेट भएको थियो ।

एक घण्टा चलेको भेटमा पाण्डेसँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्टको उपस्थिति रहेको थियो ।

संघीयता र धर्मनिरपेक्षाबारे मत बाझिएपछि विकल्पको खोजीमा रहेको विवेकशील साझाको पाण्डे समूहले एकीकृत समाजवादीसँग छलफल शुरु गरेको हो । भेटमा अध्यक्ष नेपालले एकीकृत समाजवादीमा आउन पाण्डे समूहलाई आग्रह गर्नुभएको बताइएको छ ।

प्रतिक्रिया