Pura Samachar

लकडाउन त खुल्यो, अझै के खुलेन ?

प्रकाशित: July 22, 2020

लकडाउन त खुल्यो, अझै के खुलेन ?

काठमाडौं । सरकारले मंगलबार रातिदेखि लागु हुनेगरी लकडाउन खोलेको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ आह्वान गरेको लकडाउन खुला गरेको हो । लकडाउन खुले पनि कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्था भने यथावत् राखेको छ । जसअनुसार जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्दै निम्न सेवा सुचारु हुने बताइएको छ ।

साउन १५ गतेदेखि केके खुल्ने ?

१. होटल, रेस्टुरेन्ट

२. ट्रेकिङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय

तर, सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला अझै गर्न पाइने छैन ।

भदौ १ देखि केके खुल्ने ?

१. छोटो, मध्यम र लामो दूरीमा जिल्लाभित्र तथा अन्तर जिल्ला सञ्चालन हुने यात्रुबाहक सवारी साधन

२. आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान

३. अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल

४. विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन

अझै खुलेनन् यी क्षेत्रः

१. शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र)

२. सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार

३. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन

४. सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल

५. सैलुन, ब्युटीपार्लर तथा स्पा

६. स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब

७. समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति

८. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

९. पुस्तकालय, संग्रहालय र चिडियाखाना

यी सेवा र कार्य सञ्चालन हुन सरकारले अर्को मिति तोक्ने भएको छ ।

प्रतिक्रिया