Pura Samachar

लागूऔषध सहित चारजना पक्राउ

प्रकाशित: October 28, 2021

लागूऔषध सहित चारजना पक्राउ

काठमाण्डौं । झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट लागस औषध सहित चारजना पक्राउ परेका छन् । झापाको बुधबारे र मोरङको विराटनगरबाट प्रहरीले चारजनालाई पक्राउ गरेको हो ।

मोरङको बिराटनगर मनपा १४ जतुवा चोकबाट लागूऔषध सहित मोरङ पथरी नगरपालिका ९ का १९ बर्षीय आशिष महतोलाई हिजो दिउसो साढे २ बजे ऋच्ख् पोष्ट जतुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियाे ।

उनलाई लुपिजेसिक १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाईजाल्याब १७ एम्पुल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै गरि झापाको बुद्धशान्ती गाउँपालिका ३ बुधबारे चोकबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका २ का २३ बर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाऊपालिका २ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका ११ बस्ने २५ बर्षीय उमेश बि.क. र ईलाम कोल्बुङ गाऊपालिका २ कुटि डाडा का २३ बर्षीय सुलभ गुरुङ रहेका छन् ।

हिजो बेलुका साढे ७ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर १० ग्राम २० मिलि ग्राम र गाँजा ११ ग्राम ५० मिलि ग्राम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चारैजनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको एक नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया