Pura Samachar

दोस्रो जितको खोजीमा अष्ट्रेलिया र श्रीलंका

प्रकाशित: October 28, 2021

दोस्रो जितको खोजीमा अष्ट्रेलिया र श्रीलंका

ई– आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज एक मात्रै खेल हुँदैछ ।

बिहीवार विश्वकप सुपर-१२ अन्तर्गत आज समूह-१ को एकमात्र खेलमा अष्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार दुबईमा बेलुका पौने ८ बजेदेखि प्रारम्भ हुनेछ ।

दुबै टोली सुपर १२ मा लगातार दोस्रो जितको खोजीमा हुनेछन् ।

दुबै टोली दोस्रो खेलमा जित निकाल्दै सेमिफाइनल यात्रा बलियो बनाउने दाउमा हुनेछन् ।

श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।

अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले नै पराजित गरेको थियो ।

अष्ट्रेलियालाई स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस र म्याथ्यु वेडजस्ता खेलाडीको साथ छ ।

यता श्रीलंकालाई चरिथ असलंका, भानुका राजपक्षे, ओपनर कुशल परेरा, पाथुम निसंका,अविष्क फर्नान्डो र वानिन्दु हसरंगाजस्ता खेलाडीको साथ रहनेछ ।

अष्ट्रेलिया र श्रीलंकाबीचको हेड टु हेडमा अष्ट्रेलिया बलियो देखिएको छ ।

पछिल्लो पाँच भेटमा अष्ट्रेलियाले ४ खेल जितेको छ ।

प्रतिक्रिया